Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिको त्यो सवारी, यो सवारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । २८ माघ २०७९ मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शीतलनिवासबाट बानेश्वरसम्म आउने र पुन: शीतलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए । नागरिकको चर्को विरोधपछि कुटपिटमा संलग्न प्रहरी नै निलम्बनमा परेका छन् ।

त्यसो त, राष्ट्रपतिका हरेक सवारीमा सडक खाली गराउने अभ्यासको नतिजाको रूपमा नागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था थियो ।

गणतन्त्रको स्थापनापछि पनि राजतन्त्रकालीन अभ्यासलाई निरन्तरता दिएको भन्दै नागरिकले विभिन्न माध्यमबाट चर्को आलोचना गरेका हुन् । राष्ट्रपति ‘संस्थालाई सम्मानित र मर्यादित’ बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली’ बदल्न व्यापक आवाज उठ्यो ।

तर, नयाँ राष्ट्रपति चयन भएसँगै रामचन्द्र पौडेलले तडकभडकपूर्ण सवारीको परम्परामा बदलाव ल्याएका छन् । पौडेल राष्ट्रपति भएको लामो समय भएको छैन । यसबीचमा भएका सीमित गतिविधिलाई उनले सामान्य बनाउने प्रयास गरेका छन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका छन् । उनको सवारीमा शीतलनिवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शीतलनिवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४