Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जातिय छुवाछुत जनप्रतिनिधीलाई धेरै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ५ २०८०
  • 1.7K
    SHARES

पोखरा । दलित महिला संघ (फेडो) को पोखरा सम्मेलन २४ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । घोषणापत्रमा प्रत्येक अदालतमा छुवाछूत तथा भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

संविधानमा राज्य संरचनामा ३३ प्रतिशत महिला अनिवार्य सहभागिता सुनिश्चिता गरेको अब दलित महिलाको पनि सुनिश्चित हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । ‘साथै, राज्यले पालिकास्तरमा गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्र तुरुन्तै गठन गरी प्रभावकारी रुपमा कामको सुरुआत गरिनुपर्छ,’ घोषणापत्रमा भनिएको छ ।

घोषणापत्रमा सम्मेलनले प्रदेशका मन्त्रिपरिषद् एवं विषयगत समितिलाई पनि समावेशी बनाउन माग गरेको छ । अन्तरजातीय विजाह गरेका दलित युवालाई मानवबेचविखन, बलात्कार तथा अपहरणजस्ता जघन्य अपराध मुद्दामा फसाउँदै विभेदको नयाँ स्वरुप निर्माण गरिएकाले त्यसबारे पनि कडा कानुनी व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

त्यस्तै दलितको शिक्षा, स्वास्थ्य तथा क्षमता विकास गर्न दलित उत्तरदायी बजेटको व्यवस्था गर्नसमेत उनीहरुले घोषणापत्रमार्फत माग गरेका छन् । २ दिनसम्म चलेको सम्मेलनको घोषणापत्रले सार्वजनिक निकायमा दलित महिलाको सूचनाको पहुँच बढाउने तथा ती निकायलाई समावेशी, संवेदनशील, सुरक्षित तथा महिलामैत्री बनाउन पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४