Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२९ जेठदेखि नेवानिले मलेसियाबाट भैरहवामा नियमित उडान गर्दै, बुकिङ खुला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ४ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । अन्ततः नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणका सिलसिलामा तयारीको काम गरेका थिए ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४