Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आर्सनल ब्राइटनसँग हार्दा सिटीलाई उपाधि होडमा सहज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको अलमा आर्सनल ब्राइटनसँग ३-० ले पराजित भएपछि उपाधि होडमा ठूलो धक्का लागेको छ ।

आर्सनलको घरेलु मैदानमा ब्राइटनले तीन गोल नै दोस्रो हाफमा गरेको थियो ।

ब्राइटनका लागि जुलियो इस्सिसोले ५१औं, डेनिज उनदाभले ८६औ र पर्भिस इस्तुपिनानले इन्जुरी टाइममा गोल गरे ।

आर्सनलको हराले म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ भने सिटीले अब एक खेल मात्र जिते लिग उपाधि जित्नेछन् ।

आइतबारै सिटीले एभरटनलाई हराएर आर्सनलमाथि ४ अंकको अन्तर बनाएको थियो । आर्सनललाई त्यो अंकदूरी कम गर्ने अवसर थियो । तर ब्राइटनसँग हारले आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो झड्का लागेको छ ।

अब लिगमा आर्सनलले दुई खेल मात्र खेल्दा बाँकी छ भने शीर्ष स्थानको सिटीले अझै तीन खेल खेल्न बाँकी छ र आर्सनलमाथि ४ अंकको अग्रता छ । अब सिटीले तीन मध्ये एक खेल जिते पनि उपाधि जित्न पर्याप्त हुनेछ ।

सिटीले अर्को आइतबार चेल्सीलाई पराजित गरेमा घरेलु समर्थकको अगाडि उपाधि जित्नेछ ।

आर्सनललाई हराएपछि ब्राइटन ३४ खेलबाट ५८ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ र शीर्ष चारको सम्भावना बाँकी राखेको छ । एक खेल बढी खेलेको म्यानचेष्टर युनाइटेड ६६ अंकसहित चौथो र लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४