Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रभशिमरनको शतकमा पञ्जाब विजयी, दिल्ली प्लेअफ होडबाट बाहिर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३१ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

शनिवार राति भएको खेलमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएपछि दिल्लीको शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो । दिल्लीको १२ खेलबाट ८ अंक छ र अन्तिम स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जिते पनि हाल शीर्ष चारमा रहेको टिमलाई भेट्ने छैन ।

प्रभशिमरन सिंहको शतक र हरप्रित ब्रारको ४ विकेट प्रदर्शनमा पञ्जाबले सिजनको छैटौं जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । १२ खेलबाट १२ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । पञ्जाबका ओपनर प्रभशिमरनले ६५ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा १०३ रन बनाए । साम करनले २० रन जोडे । सिकन्दर राजाले अविजित ११ रन बनाए ।

दिल्लीका इशान्त शर्माले २ तथा अक्षर पटेल, प्रवा दुवे, कुलदीप यादव र मुकेश कुमारले समान १ विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । दिल्लीका कप्तान डेभिड वार्नरले २७ बलमा १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ५४ रन बनाए । पिद्य साल्टले २१ रन जोडे । अमन हाकिम खान र प्रविन दुवेले समान १६ रन बनाए ।

दिल्लीलाई लक्ष्यसम्म पुग्नबाट रोक्न पञ्जावका हरप्रित ब्रारले ४ विकेट लिए । नाथन एलिस र राहु चहरले समान २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४