Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कागेश्वरी मनोहराको डाँछीमा बन्ने भयो भलिबल कभर्डहल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । आफ्नै पूर्वाधारका लागि संघर्ष गरिरहेको राष्ट्रिय खेल भलिबलले नयाँ कभर्डहल निर्माणको प्रक्रियामा महत्वपूर्ण सफलता हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को पहलमा कागेश्वरी मनोहरा नगरपालिका, ६ डाँछीमा भलिबलका लागि नयाँ संरचना निर्माणका लागि विहीबार जग्गा हस्तान्तरण भएको छ ।

मूलपानीस्थित क्रिकेट रंगशालाको नजिकै पर्ने तिवारी टोलमा नगरपालिकाले ६३ रोपनी ८ आना जग्गा भलिबलको कभर्डहल निर्माणका लागि उपलब्ध गराउने गरी सम्झौतासमेत भएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङको रोहबरमा भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द र नगरपालिकाका मेयर उपेन्द्र कार्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भलिबल संघ र राखेपले भलिबलको पूर्वाधार निर्माणलाई यो आर्थिक वर्षमा प्राथमिकता दिएका थिए । यसबीचमा तारकेश्वर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र त्रिपुरेश्वरस्थित राखेप कार्यालय परिसरको पुरानो पौडी पोखरीको जग्गालाई पनि भलिबल पूर्वाधार निर्माणको सम्भावित विकल्पका रुपमा हेरिएको थियो ।

सरकारले २०७४ जेठ ८ मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेयता आर्थिक वर्ष २०७५/७६ देखि नै पूर्वाधार निर्माणका लागि नियमित बजेट विनियोजन गर्दै आएको छ । तर, हरेक वर्ष बजेट फ्रिज हुँदै आएको थियो । चालू आर्थिक वर्ष सरकारले भलिबलको पूर्वाधारका लागि १ करोड रुपैयाँ छुट्याएको छ । सो रकमले इण्डोर कभर्डहलको डीपीआरका लागि प्रयोग गर्न तत्कालै टेन्डर प्रक्रिया सुरु हुने संघका अध्यक्ष चन्दले जानकारी दिएका छन् । गत भदौमा भलिबल संघको निर्वाचन जितेका चन्दको प्रमुख चुनावी नारा नै आफ्नो कार्यकालमा कभर्डहल निर्माणको सुरुवात गर्ने थियो । एक वर्ष नपुग्दै उनले महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

अध्यक्ष चन्दले भलिबल विकासका लागि यो ठूलो कोशेढुंगा भएको बताए । ‘हाम्रो राष्ट्रिय टिमले राम्रो प्रदर्शन गरिरहेको छ । कार्यक्रमहरु सन्चालन भइरहेका छन्,’ उनले थपे, ‘तर, पूर्वाधारमा हामीलाई धेरै अगाडिदेखि खड्किरहेको थियो । सबैको एउटै गुनासो थियो । यो खेल यति लोकप्रिय हुँदाहुँदै पनि आफ्नै पूर्वाधार नहुँदा लाज लाग्ने अवस्था थियो । कभर्डहल बन्ने कुरा सबैका लागि खुसीको खबर हो ।’

राखेपको रोहबरमा विहीबार नै कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल बक्सिङ संघ र नेपाल रग्वी संघसँग पनि आफ्नो क्षेत्रमा पूर्वाधार निर्माण गर्न जग्गा दिने सम्झौता गरेको छ । नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा नं. ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्ने छ । बक्सिङका लागि वडा नम्बर ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमति पनि भएको छ ।

नगर प्रमुख कार्कीले आफ्नो क्षेत्रलाई स्पोर्टस हबका रुपमा विकास गर्ने प्रयास गरिएअनुसार क्रिकेट र गल्फबाहेक अरु खेलको प्रमुख पूर्वाधारका लागि सहमति दिइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४