Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाअभियोग दर्ता हुँदैमा कुनै पनि पदाधिकारी निलम्बित नहुने सर्वोच्च अदालतको फैसला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा रहेका कुनै पदाधिकारीविरुद्ध महाअभियोग दर्ता हुँदैमा उनीहरु निलम्बित नहुने फैसला गरेको छ ।

६ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा परेको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्चले महाअभियोग दर्ता हुनुले मात्रै निलम्बनको आधार तयार नपार्ने व्याख्या गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक ईजलासले निलम्बन हुनका लागि महाअभियोग प्रस्तावलाई सदनले छलफल गरेर छानबिनका लागि महाअभियोग सिफारिस समितिमा पठाएपछि मात्रै संविधानको धारा १०१ (६) आकर्षित हुने र त्यसपछि मात्रै महाअभियोगको कारबाही प्रारम्भ हुने व्याख्या गरेको हो ।

अहिलेसम्म प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीशहरु, संवैधानिक अंगका पदाधिकारी, न्याय परिषद्का सदस्यविरुद्ध संसदका एक चौथाई सदस्यले महाअभियोग दर्ता गर्ने बित्तिकै निलम्बन गर्ने अभ्यास छ ।

कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले त्यस्तो अभ्यासमाथि बन्देज लगाएको हो ।

सर्वोच्चले महाअभियोग दर्तालाई हुनुलाई मात्रै संसदको निर्णयका रुपमा स्वीकार गर्न नसकिने ठहर पनि गरेको छ ।

महाअभियोग दर्ता हुने बित्तिकै जिम्मेवारी व्यक्ति निलम्बनमा पर्ने र संसदले त्यसलाई टुंगोमा पुर्‍याउन चासो नदिएका कारण विकृत मौलाएको भन्दै संसदको आचोचना भइरहेका बेला सर्वोच्चले निलम्बनको प्रावधानको ब्याख्या गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४