Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे एमाले बैठकमा छलफल हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २६ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टीका सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ । वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिएका छन् । 

खासगरी सचिवालय बैठक केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बोलाइएको हो’, उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसपछि समसामयिक राजनीति र विकसित घट्नाक्रमका बारेमा पनि छलफल हुनसक्छ । नेकपा एमाले सचिवालय बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव समेत रहेका नेता टोप बहादुर रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

गत बुधबार अदालतले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरि नसकेको दावी गर्दै आएको छ । पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ । यता नेकपा एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर दोषी करार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने दवाव एमाले नेतृत्वलाई दिन थालेका छन् ।

‘समस्या आइसकेपछि फेस गर्नुपर्छ यसरी छलेर निष्कर्षमा पुगिँदैन’नेकपा एमालेका नेता शेरबहादुर तामाङले भने, ‘दोषी नभए डराउनुपर्ने कारण नै छैन । यस्तो अवस्थामा त वास्तविकता पो सार्वजनिक गर्नुपर्ने हो ।’नेकपा एमालेका अर्का नेता निरज आचार्यले त सामाजिक सञ्जालमार्फत नेकपा एमालेको जुनसुकै पदमा भएपनि भुटानी शरणार्थी प्रकरणमा मुछिए पनि पार्टीबाट निलम्बन गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४