Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न सांसदकाे माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २५ २०८०
  • 2.2K
    SHARES

काठमाडाैं । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गर्नुभएको छ ।सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले आईतवार प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बताउनु भयो । उहाँले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गर्नुभयो । उहाँले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व संकलनको समस्या के हो ? किन भएन राजश्व संकलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ । भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्नेकुरामा म विश्वास गर्दिन ।

बोरामा बाँधेका पैसाहरुलाई ५ सय र हजारका नोटलाई ब्याण्ड गरौ । यदी हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ । सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजि गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४