ललितपुर। गत सोमबार ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज शुक्रबार पाटनको सुन्धारामा पुगेको छ ।
रथलाई आज मंगलबजारबाट पाटन दरबार क्षेत्रबाट सुन्धारामा लगिएको हो ।
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्याएर भोटो देखाएपछि समापन हुन्छ ।
साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन । तर यो जात्रा काठमाडौं उपत्यकामा नै सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रुपमा परिचित छ ।








