काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजद्दारा कलाकार कल्याणकारी कोष स्थापना तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीद्धारा कोषको स्थापना तथा उदघाटन गरिएको हो ।

कोषको स्थापना गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध समेत गर्नु भएको थियो ।
त्यस्तै प्रतिनिधि सभाका सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ “कान्छाराम”ले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोगको घोषणा गर्नुभएको थियो ।
त्यसैगरी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,बागमती प्रदेशका सांसद तारानारायन श्रेष्ठ र युवराज चौलागाई संबिधानव सभा पुर्वसभासद लक्ष्मी गुरुङ,रामेछाप नगरपालिकाका प्रमुख लब श्री न्यौपाने लगायत विभिन्न व्यक्तिहरुले शुभ-कामना दिनुभएको थियो ।
त्यसैगरी कल्याणकारी कोषमा सुवान चौलागाई ३० हजार होमबहादुर बुढाथोकी २५ हजार,,रमेशबाबु श्रेष्ठ २५ हजार,गायिका सिता थापा १५ हजार,नायक शुसान्त कार्कीले १५ हजार,प्रकाश कटुवल १५ हजार,संस्थापक समितीबाट ५५ हजार सहित आजिबन सदस्यहरुले पनि सहयोग गरेकाछन् ।
कल्याणकारी कोषमा जम्मा भएको रकमबाट आएको ब्याजले बिपन्न कलाकारलाई सहयोग गर्ने र कलाकारकै हितको लागी काम गर्ने संस्थाका अध्यक्ष कुमार कार्कीले जानकारी दिनु भएको छ ।
सो कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजले ख्याती प्राप्त कलाकार,पत्रकार,समाजसेवी लगाएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।



