Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 6.3K
    SHARES

काठमाडौँ । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।

“संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश गर्न प्रदेश प्रमुखज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक माधव रेग्मीले भने, ‘प्रदेश प्रमुखले कानुनी परामर्शपछि आश्वान गर्नुभएको हो ।”

पुष २५ गते नेकपा माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते नेकपा माओवादीले समर्थन फिर्ता लिएको थियो ।

१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, नेकपा एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर नेपाली कांग्रेसका २७,नेकपा माओवादीका ७ सभामुखबाहेक र स्वतन्त्र सांसद जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।

उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने नेपाली कांग्रेसको अडान थियो । नेकपा माओवादी संसदीय दलका नेता चुमानले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा दुई बमोजिम नै सरकार गठन हुने र आफू नै पहिलो चरणमा मुख्यमन्त्री हुने दाबी गरेका थिए । चुमानले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्मको चेतावनी दिएका थिए ।

कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै प्रदेश प्रमुख गुरुङ काठमाडौं पुगेका थिए । आइतबार साँझमात्र पोखरा फर्किएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उनको आलोचनासमेत भएको थियो । नेकपा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेकाले उसलाई रोक्न नेपाली कांग्रेसले ठूलो दलको हैसियतमै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग लबिङ गरेको थियो ।

नेकपा माओवादीलाई पहिलो चरणमा मुख्यमन्त्री हुनबाट रोक्न र ठूलो दलको नेताका हैसियतमा सुरेन्द्रलाई नै मुख्यमन्त्री नियुक्त गर्न भन्दै शीर्ष तहमै दबाव दिन नेपाली कांग्रेस काठमाडौंमै डेलिगेसन गर्न पुगेको थियो । सुरेन्द्रराज पाण्डेले आइतबार साँझ नै काठमाडौं गएर कसरत गरिरहेका थिए भने शीर्ष नेताहरुलाई दबाव दिन सोमबार नेपाली कांग्रेस संसदीय दलका सदस्य नै काठमाडौं पुगेका थिए ।

सोमबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति गरेका थिए । नेपाली कांग्रेस सांसदहरुले शीर्ष नेतृत्वलाई भेटेर ठूलो दल पनि भएकाले सुरुमा नेपाली कांग्रेसले नै नेतृत्व पाउनुपर्ने बताएका थिए । एक सांसदका अनुसार देउवा–प्रचण्डका बीचमै सुरुको ३ वर्ष नेपाली कांग्रेस र पछिल्लो दुई वर्ष नेकपा माओवादीले सरकार चलाउने सहमति भएको छ ।

प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गरेका छन् ।

तनहुँ–१ को निर्वाचनलाई देखाउँदै आलोपालो सरकार चलाउन नेकपा माओवादी नेता चुमानले सहमति गराएका थिए । तर, सोमबार नै नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले हार्ने निश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले नै तनहुँको परिणाम पनि अनुकुल नआएकाले नेपाली कांग्रेसले नै सुरुमा नेतृत्व गर्ने बताएका थिए ।

सोमबार नै लुम्बिनी सरकार पनि ढलेको छ । लुम्बिनीमा पनि गण्डकीको नजिर हेरेर आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् ।

गण्डकीमा उपधारा २ बमोजिम नै सरकार गठन भएपछि लुम्बिनीमा पनि त्यसरी नै आह्वान गर्ने एक नेताले बताएका छन्  । तर, लुम्बिनीमा ठूलो दल नेकपा एमालेले उपधारा ३ बमोजिम नै सरकार गठन हुनुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४