Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविविरुद्ध दिएको उजुरीमाथि निर्णय नभएसम्म मतगणना गर्न नदिने कांग्रेसको अडान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 1.7K
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी दिएको नेपाली कांग्रेस, चितवनले यसबारे निर्णय नभएसम्म चितवन- २ मा मतगणना गर्न नदिने बताएको छ ।

मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । लामिछानेले आचारसंहिता विपरीत १२ बटा गाडी प्रयोग गरेको, मतदान केन्द्रमा नारावाजी गरेको र त्यसलाई प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

आफूहरुले दिएको उजुरीमा छानबिन गरी कारवाही गर्न गरिएको कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए ।कांग्रेसले उजुरीका सम्वन्धमा पहिला निर्णय लिन अन्यथा गणनाको काम अगाडि बढ्न नसक्ने जानकारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।

सबै जसो मतपेटिका भने मतगणना स्थल भरतपुर प्रदर्शनी केन्द्रमा ल्याइएको छ । सर्वदलीय बैठकको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४