Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा कडाई गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 5.8K
    SHARES

काठमाडौं । सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) मा कडाई गर्दै झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने भएको छ ।

सरकारले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको हाे । नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो । गत फागुन १८ मा स्वीकृत निर्देशिकामा उच्च शिक्षा (स्नातक र त्यसभन्दा माथि) अध्ययनका लागि मात्रै एनओसी दिने उल्लेख गरिएकाे छ । तर पछिल्ला वर्ष भाषा, तालिम र डिप्लोमा कोर्स गर्न पनि एनओसी लिएर विदेशीनेको संख्या बढ्न थालेपछि कडाई गरिएको जनाइएकाे छ ।

‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै नेपाली विद्यार्थीहरु जापानमा पढ्न जाने विद्यार्थीमाथि थप कडाई भएको छ । निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएसँगै जापानमा पढ्न जाने विद्यार्थीका लागि बाटो बन्द भएको हो । जापानमा प्रत्येक वर्ष करिब १० हजारको हाराहारीमा नेपाली विद्यार्थी पढ्न जान्छन् ।

एनओसी शाखाका अनुसार गत वर्ष १० हजार भन्दा बढी नेपाली विद्यार्थी पढ्नका लागि जापान गएका थिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६ हजार ७ सय जनाले जापान पढ्नका लागि एनओसी लिएका छन् । आर्थिक वर्ष २०७७/०७८ नेपाली विद्यार्थीका लागि जापान प्रमुख गन्तव्य बनेको थियो । कोरोना महामारीकाबीच जापानमा ८ हजार १ सय ४६ नेपाली विद्यार्थी पढ्नका लागि गएका थिए ।

प्रत्येक वर्ष हजारौंको संख्यामा नेपाली विद्यार्थी जापान जाने गरेका छन् । मन्त्रालयको निर्देशिकापछि भने त्यो अवसरबाट विद्यार्थीबञ्चित हुन पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४