Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढाकाकुमारबारे भोलि निर्णय लिन्छौं : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले ७२ घण्टाभित्र श्रेष्ठबारे निर्णय लिने जनाएको थियो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताएका छन्  । चितवनमा भएको चुनावी सभामा उनले भने, ‘केन्द्रीय समितिको बैठकका लागि भोलि तयारी रहन मैले साथीहरुलाई भनिसकेको छु । तपाईंहरु चितवन आउनपर्ने पनि हुनसक्छ । म काठमाडौं पनि आउनपर्ने हुनसक्छ ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरेका छन्  । मन्त्री बन्नका लागि रविको कोर टिमका सदस्यबाट रकम मागेको भन्दै आफूलाई २ करोड रुपैयाँ सहयोग गर्न श्रेष्ठले प्रसाईंलाई आग्रह गरेका थिए ।

आफ्ना साथीहरुमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै लामिछानेले उनीहरुको बैंक खाता चेक गर्ने समेत बताएका छन्  । ‘भ्रष्टचार विरुद्ध सहने वा ढाकछोप गर्दैनौं । हदभन्दा हदसम्मको कारबाही गर्नेछौं,’ लामिछानेले भने, ‘अरु दलले पनि यस्तै गर्नसकुन् म आफैं तिनीहरुको प्रचारमा हिँड्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४