Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलु महोत्सवमा कृषि गीत प्रतियोगिता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 1.9K
    SHARES

हेमजा, २८ चैत । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत आज तेस्रो दिन मंगलवार जैविक विविद्यता सम्बन्धी कृषि गीत प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको उक्त प्रतियोगितामा वडा नं. ३३ को कृषि संजाल प्रथम, पुरुन्चौर स्थित उपकार आमा समूह द्वितीय, पोखरा २२ पुम्दीभुम्दी स्थित वेमौसमी तरकारी कृषक समूह तृतीय साथै हेमजा कृषि संजालको समूह सान्त्वना हुन सफल भए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश रु.१० हजार, ७ हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कृषि महाशाखाका अधिकृत दामोदर अधिकारी, हेमजाका अगुवा कृषक एवम् कलाकार बुद्धदेवी कुँवर एवम् कलाकार परशुराम अधिकारीले निर्णयकको भूमिका निर्वाह गर्नुभयो ।त्यस्तै महोत्सव अन्र्तगत मंगलवारबाट खुल्ला रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।

महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ ।मंगलवार मात्रै ४ हजार बढी र हालसम्म १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै महोत्सवका आलुको कारोवार पनि दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । आलु किन्नकै लागि कास्की लगायत छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु हेमजा आउने गर्नुभएको छ । महोत्सव स्थल र बाहिरबाट समेत गरी हालसम्म करिव २० टन आलु बिक्री भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले बताउनुभयो।

हेमजामा फलेका आलु अन्य ठाउँको तुलनामा मिठो हुने र छिटो पाक्ने भएका कारण आलु किन्नकै लागि आफू हेमजा आएको तनहुँ खैरेनीटारकी बविता शर्माले स्पष्ट पार्नुभयो । महोत्सव अन्र्तगत आज मंगलवार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरी ढुङगाना, तुलसा क्षेत्री, कृष्ण सुवेदी, बुद्धदेवी कुँवर, गोविन्द गायक साथै पपतर्फ उमेश, सन्जिव सिंह र ओम गुरुङले प्रस्तति राख्नुभयो ।

त्यस्तै बुधवार कलाकारहरु छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, रक एन रक तथा गगन गुरुङका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिनुभयो । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् । महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४