Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भियतनामविरुद्धको दोस्रो खेलमा जित निकाल्ला नेपाल ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २५ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । महिला फुटबलको पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दै छ ।

यसअघि गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हाबी भएको थियो ।

यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ । समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।

भियतनामसँग खेल्ने नेपाली महिला फुटबल टिम :

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डर: समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, सिर्जना चेम्जोङ ।

मिडफिल्डर: रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी ।

फरवार्ड: अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४