Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वुमेन्स ओलम्पिक छनोट : नेपाल र भियतनामबीच दोस्रो खेल आज


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २५ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ ।

समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् ।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको थियो ।

दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ । नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । तर विश्वकप खेल्न लागेको भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन ।

पहिलो खेलमा सुरुआतमै पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले पाँच गोल खाएको थियो । नेपालका लागि दोस्रो हाफमा सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् । पहिलो चरणको छनोटबाट सात समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

एसियाबाट पेरिस ओलम्पकिमा दुई टिममात्र छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४