Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि, जितनारायण र रामप्रसादबीच भिडन्त, कसले मार्ला बाजी ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २१ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढेको छ । यो क्षेत्रको उपनिर्वाचनलाई चासोका साथ हेरिएको पनि छ । किनकि त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले फेरि उम्मेदवारी दिएका छन् ।

गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सो क्षेत्रबाट रबि लामिछाने विजयी भएका थिए । उनले नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए । रबि लामिछानेले ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको १४ हजार ९८८ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलको १४ हजार ६५२ मत आएको थियो । तर नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेको विषयमा सर्वाेच्च अलादतमा रिट परेको थियो । गत माघ १३ मा सर्वाेच्च अदालतले त्यसको सुनुवाई गर्दै उनको सांसद पद खारेजको फैसला गरेको थियो ।

उनको सांसद पद खारेज भएपछि सो क्षेत्रमा बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको भन्ने रिट परेको थियो ।

सर्वाेच्चको फैसला पछि माघ १५ गते आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौबाट अमेरिकी नागरिकता लिनु अघि २०५० सालमा लिएको नेपाली नागरिकताकै नम्बर उल्लेख भएको नागरिकता लिए । उनले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि फेरि चितवनबाट उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगको उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको लागि कार्यतालिका अनुसार सोमबार लामिछाने सहित प्रमुख राजनीतिक दल,केही साना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

प्रमुख दलहरुबीच प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले उम्मेदवारी दिंदा नेपाली कांग्रेसका जित नारायण श्रेष्ठ र नेकपा एमालेका तर्फबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । मुख्यत यी तीनजनाबीच मुख्य प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट फेरि सभापति रबि लामिछाने उम्मेदवार बन्दा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार भने फेरिएका छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उमेश श्रेष्ठ र नेकपा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए ।

कसले जित्ला चुनाव ?

चितवनका यी तीनैजना बलिया उम्मेदवार हुन् । रबि लामिछाने काठमाडौंबाट गएर चुनाव लडेका हुन भने नेकपा एमाले र नेपाली कांग्रेस दुबै पार्टीका उम्मेदवार स्थानीय हुन् । नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ । रबि लामिछानले उम्मेदवारी दर्ता गरेसँगै चुनावी घरदैलो शुरु गरिसकेका छन् । अरु उम्मेदवारको भन्दा रबिको प्रचार प्रसार बढी छ । उनीसँगै चुनावी अभियानमा हिड्ने गरेका रास्वपाका एक नेताका अनुसार रविका अघिपछि झण्डै १०-११ जना यूटूवरहरु साथमै हुने गरेका छन् । सत्ता स्वार्थमा रबिको पार्टीले देखाएको भूमिकाले विगतको भन्दा उनको अवस्था केही खस्केको र नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरु पनि बलिया भएकाले यसले नै चुनाब जित्छ भन्ने अवस्था अहिले नै आकलन गर्न नसकिने चितवनका स्थानीयको भनाई रहेको छ । तर चितवनबासीले नयाँ अनुहार भने खोजेका उनीहरु बताउँछन् । यो क्षेत्रमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४