काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।
पुष २७ मा जनता समाजबादी पार्टी जसपा”का दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै नेकपा एमाले सरकारमा सहभागी भएको थियो ।
नेकपा एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको नेकपा एमालेका सांसद हरिनारायण महतोले जानकारी दिएका छन् ।
मधेश सरकारमा चार मन्त्रालय नेकपा एमालेले लिएको छ ।
नेकपा एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।
मधेश प्रदेशमा सबभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।