Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखको अधिकार कटौतीबारे मध्यमार्गी बाटो खोजिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 1.9K
    SHARES

काठमाडौँ । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ ।  शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्ताव फिर्ता लिनेभन्दा पनि सुधार गर्ने समझदारी बनेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सो समझदारी भएपछि संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति बनेको छ । कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले ‘यस नियमावलीमा सभामुखले गर्ने भनेर उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावकर्ता नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले  मध्यमार्गी बाटो निकाल्ने गरी शनिवार छलफल भएको आफूले जानकारी पाएको उनले बताए । ‘विशेषाधिकार अन्तर्गत सभामुखले मनोमानी बैठकहरू राख्ने गरेकाले त्यसको विरोधमा संशोधन प्रस्ताव हालिएको थियो तर हिजोको छलफलमा दुवै पक्ष मध्यमार्गी बाटोबाट निकास निकाल्न सकिनेमा पुगेको बुझिएको छ ’, जोशीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४