Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड क्याबिनेटमा खड्कालाई दोस्रो वरीयता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 1.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा),नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

शुक्रबार एक उपप्रधानमन्त्री र १० मन्त्री थपिएका छन् । एक मन्त्रीको मन्त्रालय हेरफेर भएको छ ।

नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेर आएका उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त गरिएको छ ।

यससँगै प्रचण्ड सरकारमा दुई उपप्रधानमन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ १० पुषमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका थिए ।

उनको मन्त्रालय भने फेरिएको छ । प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

वरीयतामा भने श्रेष्ठ भन्दा खड्का अगाडि छन् । प्रचण्ड सरकारमा उनी दोस्रो वरीयतामा रहेका  छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४