Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र लाओस ‘अनौपचारिक फाइनल’ खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज लाओससँग फाइनल खेल खेल्दैछ । फाइनल खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेलको अवधी सकिएकाले आज हुने नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक हुनेछ । एउटा फिफा मितिमा दुई वटा मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाउने नियम अनुसार आजको खेल औपचारिक नहुने भएको हो ।

आजको खेल र खेलाडीले कुनै अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । फाइनल खेलले फिफा वरीयतामा पनि कुनै असर गर्ने छैन ।

यद्यपि दुवै टोलीले यस खेललाई महत्वका साथ लिएका छन् । फाइनललाई फाइनलकै रुपमा लिँदै उपाधि जित्नका लागि खेल्ने दुवै टिमका कप्तान र प्रशिक्षकले बताइसकेका छन् ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।

पछिल्लो समय राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा अहिले नयाँ खेलाडीहरुको बाहुल्य छ । त्यसैले नेपालका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस आफ्नो पहिलो प्रतियोगितामै उपाधि जितेर सुखद सुरुवात गर्ने सोचमा छन् । कप्तान किरण कुमार लिम्बु, रोहित चन्द, अनन्त तामाङ, नवयुग श्रेष्ठ र भरत खवास मात्रै अनुभवी खेलाडीको रुपमा छन् ।

अन्जन भुटान विरुद्धको खेलमा घाइते भएपछि दोस्रो हाफमा मैदान छाडेका थिए । उनले फाइनल खेल्ने सम्भावना कम छ । यस्तै पुजन उपरकोटी दोहोरो पहेँलो कार्डका कारण फाइनलमा खेल्ने छैनन् ।

६ नयाँ खेलाडीलाई टिममा राखेका एनेसले पहिलो खेलमै चार खेलाडी सनिश श्रेष्ठ, मणि कुमार लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठलाई डेब्यु गराइसकेका छन् ।

पहिलो पटक टिममा परेका गोलकिपर अभिषेक बराल र डिफेण्डर पदम भट्टराईले भने यस पटक डेब्यु गर्न पाएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४