Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भुटानी कप्तान चेन्चोले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको छ । मछिन्द्र क्लब स्रोतका अनुसार दुवै पक्षले लिग खेल्नका लागि सम्झौता गरिसकेका छन् । ‘सबै प्रक्रिया पूरा भइसकेपछि औपचारिक रुपमा सार्वजनिक घोषणा गरिनेछ’, क्लब स्रोतले भन्यो ।

चेन्चोको टिम भुटान प्रधानमन्त्री कपको फाइनल होडबाट बाहिरिसकेको छ । चेन्चोलाई भुटानी समर्थकले रोनाल्डोसँग तुलना गर्छन् ।

इन्डियन सुपर लिग आईएसएल र आई लिग समेत खेलिसकेका चेन्चोले पहिलो पटक नेपालमा लिग खेल्न लागेका हुन् ।

केही समयअघि सम्पन्न आई लिगमा चेन्चो र नेपालका कप्तान किरण कुमार लिम्बुले राउण्ड ग्लास पञ्जावबाट सँगै खेलेका थिए । पञ्जावलाई आई लिग च्याम्पियन बनाउन दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ए डिभिजन लिगको सुरुवाती पाँच चरणको खेल सम्पन्न भइसकेको छ । साविक विजेता मछिन्द्रले जम्मा एक मात्र जितेको छ र ५ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ । ए डिभिजन लिगको छैटौं चरणका खेलहरु चैत २० गतेदेखि सुरु हुनेछ ।

पहिलो रोजाईँका खेलाडीहरु अष्ट्रेलिया पलायन हुँदा मछिन्द्रले यस सिजन लिगमा सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन ।

विशाल राई, अभिषेक रिजाल लिग अघि नै अष्ट्रेलिया गएका थिए । सुनिल बल र मनिष डाँगी संकटा क्लबमा अनुबन्ध भएका थिए । सुनिल बल लिगको एक पछि नै अष्ट्रेलिया लागे । यस्तै कप्तान सुजल श्रेष्ठ र रन्जित धिमाल पाँच चरणको लिगपछि अष्ट्रेलिया लागिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४