Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने उपचुनावअघि नै सरकारमा जान खोज्दैछन् ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय गठबन्धनमा रहेका दलहरुका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सरकारमा समेट्न खोज्दा मन्त्रालय भागबण्डा मिलाउन सकस परेको नेताहरुले बताएका छन् । स्रोतका अनुसार भोलि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री रास्वपालाई सरकारमा ल्याउन चाहन्छन्, रास्वपा पनि तयार देखिएको छ ।

रास्वपाका एक सांसदकै शब्दमा भन्दा सरकारमा जान खुट्टा उचालेर बसेको छ, सहमति भएको छैन । स्रोतका अनुसार मन्त्रालय संख्यामा पनि ठूलो विवाद छैन । तर रविलाई उपचुनाव अघि नै मन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुट्न सकेको छैन ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा आउने बताएको छ । तर सत्ता गठबन्धनका नेताहरु गैरसांसद रविलाई मन्त्री बनाउन तयार छैनन् । ‘उहाँहरु रविजीको नेतृत्वमा सरकारमा आउन चाहनुहुन्छ’, गठबन्धनको बैठकहरुमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले चाहे मात्र पनि गठबन्धनका नेताहरु गैरसांसदलाई मन्त्री बनाउन तयार छैनन् ।

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका एक नेताले पनि रास्वपालाई सरकारमा ल्याउने प्रयास भएको, तर उपचुनावअघि नै रविलाई मन्त्री बनाउन सक्ने अवस्था नरहेको बताएका छन्  ।

रास्वपा महामन्त्री एवं प्रवक्ता मुलुक ढकाल भने अघिल्लो न्यूनतम साझा कार्यक्रममा समावेश भएका आफ्नो दलका एजेण्डाहरुले निरन्तरता पाए र मन्त्रालयहरु पनि साविककै भए सरकारमा जानेबारे छलफल गर्न सकिने बताउँछन् । उपचुनावअघि नै पार्टी सभापति रविको नेतृत्वमा सरकारमा जान खोजेको हो भन्ने प्रश्नमा उनले भने, ‘सबै कुरा साविकको भयो भने खुला छलफल गर्छौं भनेका छौं ।’

४ मंसिरको चुनावमा भारी मतका साथ निर्वाचित भएका रविको सांसद पद नागरिक विवादमा सर्वोच्च अदालतले १३ माघमा गरेको फैसलासँगै खारेज भएको थियो । त्यससँगै उनी उपप्रधान एवम् गृहमन्त्री पदबाट पनि मुक्त भएका थिए । रविको सांसद पद गुमेपछि रिक्त भएको चितवन २ मा १० वैशाखमा उपचुनाव हुँदैछ, जहाँ रास्वपाले रविलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४