Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।

नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् । खेलको ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट  घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए ।

भुटानसँग १-१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । पहिलो खेलमा नेपालसहित २-० ले हारेको लाओसले  भुटानलाई हराएको थियो ।

नेपालसँगको बराबरीका बावजुद भुटान भने घर पर्केको छ ।

यसअघि खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरे । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यो अग्रता नियमित समयको अन्तिम मिनेटसम्म जोगाए पनि नेपालले गोल फर्कायो ।

यसअघि खेलको १९‌औं मिनेटमा भुटानका चोन्चे ग्याल्सेनले रोहित चन्दलाई बिट गरेर राम्रो अवसर सिर्जना गरेका थिए । तर त्यो बल अनन्त तामाङले पोष्ट अगाडिबाट क्लियर गरेका थिए ।

नेपालले ४५‌औं मिनेटमा नवीन लामाले हानेको कर्नरमा पुजन उपरकोटीको हेड पासमा सनिस श्रेष्ठले गरेको हेडर पोष्ट माथिबाट बाहिरियो ।

७०औं मिनेटमा दिपकराज सिंह ठकुरीको सट पोष्ट माथिबाट बाहिरियो । त्यसको ७ मिनेटपछि मनिष डाँगीले भुटानी डिफेन्डरलाई बिट गर्दै दाहिने तर्फबाट हानेको बल दोस्रो बार हुँदै बाहिरियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेपालले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिए ।

प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४