Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला फुटबलको वरियतामा नेपालको ३ स्थान सुधार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । फिफा महिला वरियतामा नेपालको तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थार सुधार गर्दै शीर्ष १०० मा पर्न सफल भएको छ ।

यसअघि १०३औं वरियतामा रहेको नेपाल नयाँ वरियतामा १००औं स्थानमा उक्लिएको छ । एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ ।

गत फेब्रुअरीमा नेपाली महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेल २-२ को बराबरीमा सकिएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल भन्दा अघि रहेको भारत ६१औं स्थानमा छ । साफ महिला च्याम्पियनसिपको उपाधि जितेको बंगलादेश १४०औं स्थानमा छ ।

विश्व वरियतामा भने अमेरिका शीर्ष स्थानमा यथावत छ । जर्मनी दोस्रो, स्वीडेन, इंग्ल्याण्ड चौथो, फ्रान्स पाँचौं,क्यानडा छैठौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, ब्राजिल नवौं स्थानमा छ ।

एसियाली राष्ट्रमध्ये सबैभन्दा अगाडि रहेको अष्ट्रेलिया दुई स्थान सुधार गर्दै १०औं स्थानमा उक्लेको छ । अर्को एसियाली राष्ट्र जापान ११औं स्थानमा यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४