काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकृतहरुले एकै पटक अवकाश पाएका छन् ।
तीस वर्ष सेवा अवधि पूरा गरेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रम मार्फत शुक्रबार साँझ बिदाइ गरिएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरूको सामूहिक बिदाइ गरेका छन ।
यसरी अवकाश पाउनेहरुमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डेलगायतका रहेका छन् ।