Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेसीको ८०० गोल पूरा, अर्जेन्टिनाले पानमालाई हरायो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ ।

गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरे । अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् । अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ ।

मेसी करियरमा ८०० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४