Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत, १७२ सांसदको समर्थन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ६ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।

जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे । यस्तै एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।

यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए। यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए ।

यो बीचमा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो। दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई नेकपा एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिएका छन्  । राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको नेकपा एमाले–नेकपा माओवादीसहित ७ दलको सत्ता गठबन्धन भत्किएको हो । प्रचण्डले विश्वासको मत पाएसँगै पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन औपचारिक रुपमै फेरि ब्युतिन पुगेको छ ।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४