Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटको सौन्दर्य बढाउने फिचरले निम्त्याउने समस्या


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 1.6K
    SHARES

यो साता टिकटकले ग्ल्यामर बढाउने फिचर सार्वजनिक गर्‍यो। यसले जसलाई पनि कामुक मोडल बनाउन सक्छ।

प्रविधिको यो उच्चतम विकासको पाटोले सबै उत्साहित नै होलान्। यसको विकासले उत्साह मात्रै होइन त्रास पनि थपेको छ।

सौन्दर्यता बढाउने यी फिचरहरू सौन्दर्यबारेको हाम्रो चेतनालाई बिगारिरहेका छन्। यिनीहरूले सौन्दर्यताबारेको पूर्वाग्रहलाई मलजल गरिरहेको छ।

ग्ल्यामरस दुनियाँअघि नै समाजमा सौन्दर्यताको पृथक चेतना थियो। ग्ल्यामर र बोल्ड देखिने नाममा भइरहेका क्रियाकलापले हाम्रा सौन्दर्य चेतनालाई प्रदूषित गरिरहेछन्।

शारीरिक आकर्षणमात्रै सौन्दर्यता होइन भन्ने परम्परागत चेतनालाई यसले ध्वस्त पारिरहेको छ।

सौन्दर्य चेतनाको सवालमा बुझ्नुपर्ने कुरा के छ भने आफूले लगाउने कपडा, मेकअपले सौन्दर्यताको वर्तमान मापदण्डसँग आफूलाई ढाल्न सहयोग पुर्‍याउँछ। तर, सौन्दर्यताको चेतना उच्छृङ्खल बन्दै जाँदा यसले महिला वा पुरूष दुवैमा मानसिक तनाव थप्ने काम गर्छ।

टिकटको ग्ल्यामर फिचर मानसिक तनाव बढाउने एउटा माध्य हो। त्यो मात्रै होइन समग्रमा भन्ने हो भने फेसबुक, इनस्टाग्राम, स्नापच्याटमा प्रयोग हुने ‘ब्युटी फिल्टर’ ले यस्तै समस्या निम्त्याउनेछन् ।

पहिले, सौन्दर्यता निखार्ने यस्ता माध्यमले कसरी काम गर्छन् भन्ने बुझौं। सौन्दर्यता निखार्ने यी माध्यमले पहिले अनुहारको बनावटको खेस्रा लिन्छ।

प्रयोगकर्ताको आवरणको बनावट खिचेपछि यसले विभिन्न फिचर उपलब्ध गराउँछ। त्यहाँबाट उनीहरूले आफूलाई निखार्नका निम्ति उत्कृष्ट लाग्ने फिल्टर चयन गर्नसक्छन्।

अलि अघिसम्म यी फिल्टरहरूमा केही त्रुटिहरू थिए । मानिसहरूले ठम्याउन सक्थे। अहिले यी फिल्टरहरूको प्रविधिमा यति सुधार आएको छ कि मानिसले त्यसलाई वास्तविक नै ठान्दछन्।

टिकटकको ग्ल्यामर फिल्टर यस्तो छ कि त्यो वास्तविकनै लाग्छ। वास्तविक जीवनको सौन्दर्यको अवधारणा र प्रवृत्ति भन्दा यी अनलाइन फिल्टर फरक छन्। जसरी कस्मेटिक सामग्रीले आवरणको साजसज्जा गरिदिन्छ त्योभन्दा आधुनिक तरिकाको साजसज्जा फिल्टरले गरिदिन्छ। यस्ता फिल्टरले अनलाइन सौन्दर्य चेत मात्रै होइन अफलाइन चेतमा समेत असर पुर्‍याइरहेको हुन्छ।

टिकटकको ग्ल्यामरस फिचर एक वश्यक युवतीले प्रयोग गरेमा कस्मेटिक सर्जरी गरेझैं देखिन्छ। त्यही फिल्टर आफूमा प्रयोग गरेर त्यही अनुसार कस्मेटिक सर्जरी गरिदिनका लागि सर्जनहरूका प्रस्ताव बढिरहेको छ।

यो विषय चिन्ताजनक रहेको विज्ञहरू बताउँछन्। यसले मनोवैज्ञानिक असर पनि पारिरहेको छ। फिल्टरको प्रयोगपछिको आकर्षण र आफ्नो वास्तविक आवरणमा भिन्नता हुँदा मानिसहरू मनोवैज्ञानिक समस्यामा पनि परेका छन्। एक अध्ययन अनुसार १४ देखि १८ वर्ष उमेर समूहका किशोरीमा यो समस्या बढेको पाइएको छ ।

अध्ययनका लागि उनीहरूलाई वास्तवि आवरणमा सेल्फी लिन भनिएको थियो । त्यसपछि त्यसलाई प्रविधिको माध्यमबाट साजसज्जा गरेर देखाइयो । त्यसपछि उनीहरूमा मानसिक तनाव सिर्जना भएको पाइएको थियो ।

टिकटकको फिल्टरको समस्या भनेको टीन एजका युवतीहरूलाई पनि यसले वयस्कझैं देखाउँछ। बालबालिकाका सुरक्षा मामिला विज्ञहरूले चिन्ता प्रकट गरेका छन्। यसले बालबालिकाको यौनीकरणलाई सामान्यकरण गर्ने उनीहरूको चिन्ता छ।

‘यस्ता फिचरले बालबालिकालाई उच्छृङ्खल बनाउँछ र उनीहरू यौन हिंसाको सिकार बन्न सक्ने खतरा उत्तिकै हुनाले अभिभावकहरूले विशेष निगरानी राख्नुपर्छ,’ डेभिड गोमेज भन्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४