Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशतले नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा बढी भएको छ । प्रदेश नीति तथा योजना आयोगका अनुसार अहिले गण्डकीको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत रहेको हो । कोरोना र त्यसपछिका राजनीतिक घटनाक्रमले निरन्तर ओरालो लागेको आर्थिक वृद्धिदर केही बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षसम्म १० प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । तर त्यो पूरा नहुने प्रथम पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाले किटान गरिसकेको छ ।

यसैबीच, गण्डकीमा बेरोजगारी सङ्ख्या पनि बढेको देखाएको छ । प्रदेशमा १५ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशत युवा बेरोजगार रहेको आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले बताएका छन् । गण्डकीले दिगो विकास लक्ष प्राप्तिको प्रगति समीक्षा गरेको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा दिगो विकासको कार्यान्वयन अनुगमन र मूल्यांकनका सम्बन्धमा भएको संस्थागत व्यवस्थाबारे जानकारी गराइएको शर्माले सुनाएका हुन्  ।

प्रदेशका ८५ वटै गाउँपालिकालाई समन्वय, अनुगमन र मूल्यांकन गरेर प्रतिवेदन पठाउन अनुरोध गर्ने निर्णय भएको छ । दिगो विकासका सूचकहरू गरिबी, भोकमरी, राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाइलाई जिम्मेवारी लिई कार्यान्वयन गर्ने निर्णय भएको शर्माको भनाइ छ ।

मुख्यमन्त्री खगराज अधिकारीले दिगो विकास लक्ष्यले देखाएका विषय र प्रदेशका योजनाको व्यवहारिक कार्यान्वयनको पाटो एउटै हुनुपर्ने बताएका छन्  । उनले आवश्यकताका आधारमा योजनाहरूको प्राथमिकीकरण गरिनुपर्ने र कार्यान्वयन चुस्त बनाउनुपर्ने बताएका हुन्  । कोरोनाकालमा यहाँको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा तल झरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४