Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजारमा सुनको भाउ उकालो, प्रतितोला ३ लाख ९ हजार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाउँदै ऐतिहासिक उचाइ कायम गरेको छ । पछिल्लो केही दिनयता निरन्तर बढिरहेको सुनको भाउ सोमबार एकैदिन प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा भइरहेको छ । यो नेपाली सुन बजारको इतिहासमा अहिलेसम्मकै महँगो मूल्य हो ।

सुनको भाउमा देखिएको यो वृद्धिदर अस्वाभाविक र तीव्र छ । आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यसअघि शुक्रबार एकैदिन तोलामा ९ हजार २०० रुपैयाँको भारी वृद्धि हुँदा सुनको भाउले पहिलो पटक ३ लाखको सीमा पार गर्दै ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

तथ्याङ्क अनुसार गत बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका चार दिनमा सुनको मूल्यमा करिब १७ हजार रुपैयाँभन्दा बढीको वृद्धि देखिएको छ ।

सुनसँगै चाँदीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला २८५ रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलाको ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ६ हजार १९० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४