Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म निर्देशक प्रताप सुब्बाको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 2K
    SHARES

काठमाडौं । ‘परालको आगो’ फेम्ड वरिष्ठ निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो । उनी पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् ।

२०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।

नेपाली मौलिक फिल्मका प्रणेता मानिने सुब्बा निर्देशित परालको आगो नेपालबाहिर बनेको पहिलो मौलिक नेपाली फिल्म थियो । यसलाई साहित्यलाई अंगीकार गरिएको फिल्म मानिन्छ । निर्देशक तथा निर्माता नीर शाहका अनुसार सुब्बा बंगाली निर्देशक सत्यजित रे र मृणाल सेन स्कुल अफ थटका निर्देशक हुन् ।

४० को दशकमा नेपाल आएका उनले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फर्किएका थिए । अघिल्लो संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा उपस्थित भएर उनले आफ्ना कुरा सुनाएका थिए ।

त्यतिबेला बोल्दै उनले ‘कहीं अँध्यारो कहीं उज्यालो’ फिल्मलाई कम्युनिस्ट फिल्म भनेर चल्न नदिएको स्मरण गरेका थिए । उक्त फिल्ममा धनी र गरिबबीचको विभेदलाई प्रस्तुत गरिएको भन्दै उनले सो फिल्मलाई कम्युनिस्टको ट्याग लागेको बताएका थिए ।

पहिलोपटक फिल्म बनाउन नेपाल आइपुगेका उनले राजेन्द्रकृष्ण मानन्धरसँग मिलेर भिडियो फिल्म ‘बन्द खामभित्र’ निर्माण गरेका थिए । नीर शाहलाई देखाएर उनले यो फिल्मको सेन्सर समेत गरेका थिए । प्रदर्शनीमार्गमा यो फिल्म देखाएर राम्रै पैसा कमाएको अनुभव उनीसँग छ । त्यतिबेला म्हेपीमा बस्ने उनले सरोज खनाल र मिथिला शर्मालाई लिएर फिल्म ‘दिदी’ बनाएका थिए तर यो चलेन ।

२०५० सालमा उनले फिल्म ‘चट्याङ’को पटकथा लेखे । ‘भीष्म प्रतिज्ञा’पछि उनी दार्जिलिङ फर्किए । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर प्राविधिक जन्माए । क्यामेरा एडिटिङ सिकाए । कोरोना महामारीको बेला उनले नयाँ पुस्ताका फिल्ममेकरलाई एउटा सुझाव दिएका थिए, ‘यो समयमा ट्रेनिङ लिऊँ । स्क्रिप्ट लेखुँ, गीत लेखुँ । अहिलेको सबै कुरा खुलेपछि काम लाग्छ नि ।

सुब्बाको निधनको खबरलगत्तै सामाजिक सञ्जालबाट धेरैले उनीप्रति श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४