Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुमलटारलाई हराउँदै सातदोबाटो लिगको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार सातदोबाटो युथ क्लबले एफसी खुमलटारलाई २-१ ले पराजित गरेको छ । जारी लिगमा चौथो जित हात पारेको सातदोबाटो चर्च ब्वाइजलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल रंगशालामा भएको खेलमा सातदोबाटोको जितमा सरदोरवेक मातमुराटोभ र दीपक राज सिंह ठकुरीले गोल गरे । खुमलटारका राजीव लोप्चनले गोल फर्काए । मातमुराटोभले खेलको १३औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । दीपकले २५औं मिनेटमा गोल गरी सातदोबाटोको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको सातदोबाटोविरुद्ध दोस्रो हाफमा खुमलटारले एक गोल फर्काए पनि हार टार्न सकेन । खुमलटारका राजीवले ६३औं मिनेटमा गोल गरे ।

जितपछि पाँच खेलबाट १२ अंक जोड्दै सातदोबाटो शीर्ष स्थानमा उल्को छ । तेस्रो हार बेहोरेको खुमलटारको ५ खेलबाट ६ अंक छ ।

यस्तै एन्फा कम्प्लेक्समा बिहीबारै भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि संकटाका पाँच खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा छ । संकटाको यो तेस्रो बराबरी हो । हिमालयन शेर्पाको ५ खेलबाट ५ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४