Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री डराउनुपर्छ, नागरिकलाई डराउन दिन हुन्न : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २८ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई डराउन दिन नहुने बताएका छन् । तर आर्थिक अवस्था ठीक छैन भनेर प्रधानमन्त्री आफैं भने डराउनु पर्ने उनले बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले स्रोतसँगै नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने बताएका हुन्  ।

उनले भने, ‘दर्जनौं मन्त्रालय अहिले खाली राखिदिएको छ । मन्त्रालय खाली राख्नु भनेको टाइम टिकटिक गरिरहेको हामीले बुझ्न सकेको छैनौं ।’

सत्तारुढ गठबन्धनले सरकार ५ वर्ष टिक्छ र यो अवधिमा डेलिभरी गर्न सकेन भने जनताबाट दण्ड भोग्न तयार छौं भनेर जनतासामू प्रतिबद्धता जनाउनुपर्ने समेत उनले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४