Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजकुमार रावको फिल्म ‘भिड’को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 3K
    SHARES

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेडनेकर अभिनित फिल्म ‘भिड’ को ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक अनुभव सिन्हाको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा कोरोनाको समयमा भारतमा लकडाउनका बेला जनताले भोग्नुपरेको विभिन्न समस्यालाई देखाइनेछ । फिल्म मार्च २४, २०२३ मा रिलिज हुनेछ ।

फिल्मको ट्रेलरले कोरोनाको समयमा लकडाउनमा मानिसहरूले कसरी धेरै समस्याको सामना गर्नुपरेको देखाइएको छ। लकडाउनका क्रममा विभिन्न शहरमा अलपत्र परेका आप्रवासीले घर पुग्न निकै कठिनाइ भोग्नुपरेको थियो । सरकार, प्रशासन र स्वास्थ्य तहमा के–कस्ता कमजोरी रह्यो र कस्तो व्यवस्था गरियो भन्ने कुरा फिल्ममा देखाइनेछ ।

फिल्ममा राजकुमार र भूमिकोअलावा पंकज कपूर, दिया मिर्जा, आशुतोष राणा, कृतिका कामरा, वीरेन्द्र सक्सेना, आदित्य श्रीवास्तव जस्ता कलाकारहरू पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

निर्देशक सिन्हा समसामयिक विषयमा फिल्म बनाउनका लागि परिचित छन् । उनले यसअघि ‘मुल्क’ र ‘आर्टिकल १५’, ‘थप्पड’ जस्ता धेरै फिल्म निर्देशन गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४