Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फागुन २९ गतेसम्म नेपालमा भण्डारी र पौडेल दुई राष्ट्रपति !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 3.5K
    SHARES

काठमाडौँ । बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले निर्वाचन आयोगबाट राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । उनलाई राष्ट्रपतिको रुपमा नेपाली सेनाले सुरक्षा प्रदान गरिसकेको छ ।

निर्वाचित भएको भोलिपल्ट पौडेलले सुन्दरीजलस्थित विपि संग्राहालय पुगेर त्यहाँ रहेका कांग्रेस नेताहरुको सालिकमा माल्यार्पन गरेका छन् भने त्यहाँ राखिएको पुस्तिकामा राष्ट्रपतिको तर्फबाट सन्देश लेखेर हस्ताक्षर गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपनि पौडेल आफ्नै निजी निवासमा बसिरहेका छन् ।

उता शितल निवासमा पनि राष्ट्रपतिको रुपमा विद्या भण्डारी कायमै रहेकी छिन् । उनको पदावदी फागुन २९ गतेमात्र सकिँदैछ । उनले आफ्नो पद समाप्त भएको दिनमात्र शीतल निवास छोड्ने तयारी गरेकी छन् । राष्ट्रपति पौडेलले यही फागुन २९ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट सपथ खाँदैछन् । राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण समारोह हुनेछ र त्यहीँ राष्ट्रपति भण्डारीले राष्ट्रपति पौडेललाई पद हस्तान्तरण गर्नेछिन् ।

पौडेल हाल निर्वाचित राष्ट्रपति मात्र रहेकोले सपथ लिएको दिनदेखि राष्ट्रप्रमुखको भूमिकामा अग्रसर हुनेछन् । पौडेलले कामु प्रधानन्यायाधीशबाट सपथ लिएसँगै राष्ट्रपति भण्डारीको पदावदी समाप्त हुने संवैधानिक ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४