Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षी को को छन् ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 2.8K
    SHARES

काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् ।

रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र ध्रुब वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका छन् । नेविसंघका पूर्व महामन्त्री दिपक भट्टराई पनि उक्त क्षेत्रमा उपनिर्वाचनका लागि आकांक्षा देखाएका छन् ।

केन्द्रीय सदस्य भट्टराई निर्वाचन गतिविधिका लागि सामाखुसीमा सम्पर्क कार्यालय समेत खोलिसकेका छन् । भट्टराईले १५ फागुनमा सभापति शेरबहादुर देउवालाई भेटेर तनहुँ–१ को उपनिर्वाचनका उम्मेदवारका विषयमा छलफल गरिसकेका छन् । सभापतिले तनहुँ-१ को उपनिर्वाचन जितेर आउने शुभेच्छा दिइसकेको भट्टराईले बताए ।

‘मंसिरमा भएको चुनावमा प्रत्यक्षमा तीन जनाको नाम सिफारिस भएको हो । रामचन्द्र दाइ राष्ट्रपति बन्नुभयो । शंकर भण्डारी तनहुँ–२ बाट जित्नुभएको छ,’ भट्टराईले अनलाइनखबरसँग भने,‘प्रतिनिधि सभाको उम्मेदवार हुनका लागि समानुपातिकमा नबस्ने र राष्ट्रिय सभामा नजाने निर्णय लिएको हुँ ।

केन्द्रीय सदस्य हुनु साथै अन्य आकांक्षी भन्दा पार्टी वरियतामा माथि रहेकाले भट्टराईको सम्भावना बढी रहेको कांग्रेसका नेताहरु बताउँछन् । नेविसंघका पूर्व अध्यक्ष समेत भट्टराईले २०७४ को निर्वाचनमा प्रदेश सभामा पराजित भएका थिए । संघको टिकट भने उनले हालसम्म पाएका छैनन् ।

तनहुँ–१ मा प्रत्यक्षको उम्मेदवार हुन हरेक पटक आकांक्षा राख्ने तर प्रत्यक्षको टिकट पाउनबाट वञ्चित पुराना नेता रामचन्द्र पोखरेलको दाबी राखेका छन् । २०४८ सालदेखि प्रत्यक्षको टिकट प्राप्त गर्न नसकेको उनले सुनाए ।

‘प्रत्यक्ष उम्मेदवार हुन अहिलेसम्म पाएको छैन । मेरो दाबी स्वभाविक हो,’ पोखरेलले भने,‘आकांक्षा राख्ने सबै साथीहरुका विचमा आ–आफ्नो धारणा राख्छौं । एउटा निर्णयमा पुगिएला ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४