Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्रलाई बधाई दिँदै गगनले भने : नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न इच्छा रहेको बताएका छन् ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई सन्देशमा भनेका छन् ।

पौडेल वर्तमान व्यवस्थाका निम्ति लामो संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउने अपेक्षा थापाले गरेका छन् । ‘संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ,’ थापाले भने । राष्ट्राध्यक्षको नाममा विगतमा भएको अनावश्यक तडक–भडक नहुने थापाले राष्ट्रपति पौडेलसँग अपेक्षा गरेका छन् ।

राष्ट्रपति पौडेलसँग थापाले राखेका अपेक्षाको पूण पाठः

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा श्रद्धेय रामचन्द्र पौडेललाई हार्दिक वधाई तथा शुभकामना ! छ दशक लामो आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा राष्ट्रको सर्वोच्च पदमा पुग्नुभएको छ, यो पदलाई तपाईंले न्याय गर्नुहुन्छ र यसको गरीमालाई थप उच्च बनाउन सक्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु । हामीले पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउँदा भनेको र राखेको अपेक्षालाई अब कार्यान्वयनमा लैजानुपर्नेछ र यसमा तपाईंको महत्वपूर्ण भूमिका रहन्छ।

१. नेपालको संविधानले राष्ट्रपतिको पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ । संगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ । हामीले संविधान निर्माण गर्दा राष्ट्रपतिलाई नेपालको लोकतन्त्रको एक अपरिहार्य र महत्वपूर्ण लोकतान्त्रिक संस्थाको रुपमा परिकल्पना गरेका हौं । नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ ।

२. हाम्रो राष्ट्रपति संवैधानिक हो र संविधानले नै राष्ट्रपतिका कामलाई दिशा निर्देश गरेको छ । ‘त्जभ प्ष्लन अबल मय लय ध्चयलनु भनेको जस्तै हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिश वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।

अर्थात हरेक निर्णयको जवाफदेही सिफारिश गर्नेले नै लिनुपर्ने भएकाले राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने मान्यता राखिएको हो । संविधानको यो परिधिभित्र रहेर राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई सल्लाह, सुझाव र आफ्नो दृष्टिकोण दिन सक्छन् । तर, प्रधानमन्त्रीको अधिकारमाथि कहिल्यै हस्तक्षेप गर्दैनन् । यो व्यवस्थाका निम्ति यति लामो संघर्ष गरेको व्यक्ति नै यो व्यवस्थाको सर्बोच्च पदमा पुग्दा यो संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउनुहुनेछ र संविधानको परिकल्पना अनुरुपको राजनीतिक संस्कार र व्यवहार अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

३. तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसंग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मेहनत थियो । तर, अव तपाईं मन, वचन र कर्मले योसंग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसंग पनि अतिरिक्त अनुराग रहनुहुँदैन । अब तपाईं हाम्रो दलको मात्र होइन सवैको अभिभावक हो। संगैमा दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ, कुनै पनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।

४. राष्ट्रपतिको सम्मान, गरिमा र प्रतिष्ठा परम्परागत मान, अलंकार र सुरक्षा कवचमा होइन, संविधानसम्मत भूमिका, पारदर्शी कार्य सम्पादन, सरल जीवन शैली र नागरिक संस्कारमा अन्तर्निहित हुन्छ । विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने जुन परम्परा र अभ्यास छ यो तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको छ।

तपाईंले यस्तो गर्दिन भन्नुभएको छ, सकारात्मक छ । त्यसैले राष्ट्राध्यक्षको नाममा विगतमा जस्तो अनावश्यक तडक–भडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गरी नागरिक राष्ट्राध्यक्षको रुपमा आफुलाई राख्नुहुनेछ भन्ने अपेक्षा छ । ताकि आम नागरिकले राष्ट्रपति हिडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिक जस्तै सामान्य भएको महशुस गर्न सकुन्,देख्न सकुन् ।

५. राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्वपूर्ण भुमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं ।

पहिलो, राष्ट्रपतिको मुख्य सल्लाहकार भनेको प्रधानमन्त्री नै हो । त्यसैले राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु–सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास वसाल्नु आवश्यक छ ।

दोस्रो, विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली वदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको छ, तत्काल वदलेर सरल र नागरिकमैत्री अभ्यास गर्ने गराउने दायित्व सरकारको हो। प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् र राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस् ।

अन्त्यमा, राष्ट्रपति पार्टीको जस्तो भएको भन्ने आलोचना गर्छौ तर दोष हाम्रो पनि त हो! राष्ट्रपतिले म कुनै पार्टीमा थिंए भन्ने सोचेर व्यवहार गर्नुहुन्न भन्ने अपेक्षा राखेजस्तै पार्टीले पनि मेरो सदस्य, नेता भनेर त्यो संस्थाको दुरुपयोग गर्ने चेष्टा गर्नुहुन्न भन्ने कुरा अपेक्षित हुन्छ। त्यसैले राष्ट्रपति संस्थालाई अनावश्यक दलीय दुरुपयोग नगर्न र राष्ट्रपतिलाई आफ्नो संवैधानकि भुमिका, मर्यादा र गरिमामा रहन दिन हामी पनि उत्तिकै प्रतिवद्ध हुनु जरूरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४