Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट पशुपतिनाथमा पूजा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ ।

शुक्रबार बिहान पशुपतिनाथ पुगेर उहाँले दर्शन तथा पूजा गर्नुभएको हो ।

नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि जाने भएपछि पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि सुरक्षा बढाइएको थियो ।

पशुपतिमा पूजापछि पौडेल सुन्दरीजल पुगेर त्यहाँस्थित स्वर्गीय बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको छ भने त्यहाँस्थित वीपी संग्रहालयको अवलोकन समेत गर्नुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे पौडेलनिवास बोहोराटार पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४