Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहान खाली पेटमा दूध चिया अथवा कालो चिया पिउँदा के हुन्छ ? कुन पिउनु फाइदा जानिराखाैं !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २० २०७९
  • 7.5K
    SHARES

काठमाडौं । बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन्। के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ। चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ।

प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ ।

तर बिहान खाली पेटमा दूध चियाको सेवनले हाम्रो शरीरलाई हानि गर्छ कि गर्दैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ । खाली पेटमा दूध चिया पिउँदा के हुन्छ ? दूध चिया कति मात्रामा पिउँदा असर गर्दैन ? 

दूध मात्र खाँदा त समस्या हुँदैन ? तर त्यही दूधमा चिया मिश्रण गरेर पिउँदा किन पेटमा समस्या हुन्छ ?

बिहानको समयमा हाम्रो पेट खाली हुन्छ । खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन ।

खाली पेट लामो समय बस्दा ग्यास्ट्रिकको समस्या हुन्छ ?

ग्यास्ट्रिक हुनुको मुख्य कारण व्यवस्थित खानपान नहुनु नै हो । समयमै खाना नखानु, लामो समयसम्म भोको पेट बस्नु, तनावयुक्त दिनचर्या, चिल्लो, पिरो भुटेको र तारेको खाना अत्यधिक खानु, शरीरले पचाउनै नसक्ने गरी मासु खाने गर्दा ग्यास्ट्रिक हुने समस्या हुन्छ ।

आन्द्राको कोषमा धेरै रसायनले ग्यास्ट्रिक बनाउँछ । जुन कोष वंशाणुगत हुन्छ । बुफ्रिन, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छन् । रक्तसञ्चार राम्रोसँग नभएको अवस्थामा पनि यस्तो समस्या आउन सक्छ ।

चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ। दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन। ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

कतिपयले बिहान दूध चिया पिउने गर्छन्, खाली पेटमा पनि । तर उनीहरूलाई त्यस्तो समस्या भएको हुँदैन नि ?

कसैलाई बिहान उठ्ने बित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या हुने होइन ।

दूध चिया पिउँदा ठ्याक्कै हुने असर चाहिं के हो ?

दूध चिया पिउँदा पेट डम्म फुल्छ । दूध चिया धेरै पिउनाले भोक पनि कम हुन्छ । भोक कम लागेर समयमा खाना नखाएपछि पेटको एसिडिटी बढ्छ ।

दूध चिया कति मात्रामा पिउँदा चाहिं असर गर्दैन होला ?

दूध चिया पिएपछि पेट टन्न भएको महसुस हुन्छ । जसले गर्दा खाना रुच्दैन । त्यसैले यति मात्रामा भन्दा पनि थोरै मात्रामा सेवन गर्नु नै उपयुक्त हुन्छ । दूधको चिया स्वास्थ्यका लागि हानिकारक त होइन । तर यसको अत्यधिक सेवन गरेमा यसले स्वास्थ्यलाई हानि गर्न सक्छ । त्यसैले दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्छ ।

खाली पेटमा खानै नहुने कुरा के हो ?

खाली पेटमा जंकफुड, प्याकेट फुड, मैदाबाट बनेका खानेकुरा, कोल्ड ड्रिङ्क, धुम्रपान, मद्यपान, बढी चिल्लो स्याचुरेडेट बोसो भएको खाना नखानु उचित हुन्छ ।

ग्यास्ट्रिक भएकाले के कस्तो खानपान शैली अपनाउनु उचित हुन्छ ?

ग्यास्ट्रिकको समस्या भएकाले दैनिक कम्तीमा पनि चार पटक खाना खानुपर्छ । ग्यास्ट्रिकको समस्या भएकालाई पौष्टिक खानपिनको निकै महत्त्व हुन्छ ।

हरियो सागपात, सबै प्रकारका तरकारी र फलफूल ग्यास्ट्रिकका बिरामीको लागि महत्त्वपूर्ण खाना हुन् । कुनै खास किसिमका खानेकुरा खाँदा बिरामीलाई असर गर्छ भने त्यस्ता खानेकुरा खानुअघि चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ । मैदाबाट बनेका खानेकुरा, कोल्ड ड्रिङ्क, चिया, कफी सकेसम्म नखाँदा उचित हुन्छ ।

‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ । दूध चियाले मोटोपन बढाउछ। चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ। दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो। दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४