Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पावर बैंक भन्दै माटो भरिएका बट्टा बेचेपछि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 2.4K
    SHARES

काठमाडौँ । चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्‍यो भनी ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट सालझण्डीबाट पक्राउ परेका हुन् ।

सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाइलको ओरिजिनल पावर बैंक पर्ने भनेर मानिसहरुलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले मोटरसाइकलमा प्रेस लेखेर ठगी गर्दै आएका प्रहरीले जनाएको छ ।

पावर बैंक भनेर विक्रि भएका वस्तु घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भने पनि घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि पनि उनीहरुको ठगी पत्ता लागेको हो । पावर बैंकलाई खोलेर हेर्दा भित्र माटो मात्रै भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पिएर लेखिएको प्लाष्टिकको बट्टा भित्र माटो भएको वस्तु ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाइन्ट एक–एक थान, स्क्रयाच कुपन ७९ थान वरामद गरिएको छ ।

यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने गरी सेट गरिएको र ३२०० पर्ने पावर बैंकलाई १२०० रुपैयाँ तिरे पाइने भन्दै नक्कली वस्तु दिएर ठगी गरेको फेला परेपछि उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४