काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलप्रति आफू सकारात्मक रहेको बताएका छन् ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेललाई नेपाली कांग्रेस भोट माग्न गएका बेला ओलीले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग मागेका थिए ।
नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको पत्र बुझेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको उम्मेदवार रामचन्द्र पौडेलप्रति आफू नकारात्मक नरहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताएका छन् ।
यता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष ओली आफु जेलमा बस्दा आफु सँगै साथी रहेकाले आफूलाई सहयोग गर्ने बताइसकेका छन् ।