Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिद्दिकीविरूद्ध पत्नी जैनबले गरिन् बलात्कारको मुद्दा दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 2.6K
    SHARES

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीविरुद्ध आफ्नै पत्नी आलिया जैनबले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।

सिद्दीकी आफ्नी पत्नी जैनबसँगको विवादका कारण अहिले चर्चामा रहेका हुन् । लामो समयदेखि सम्बन्ध विच्छेदलाई लिएर यी दुई जनाबीच विवाद चलिरहेको थियो । यसैबीच जैनबले सिद्दीकीविरुद्ध बलात्कारको आरोप लगाएकी छन् ।

जैनबले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एउटा भिडियो सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा जैनबले रुँदै आफ्नो पीडा सुनाएकी छन् । जैनबले सिद्दीकीले बच्चाको कस्टडी चाहेको बताएकी छन् । जैनबले यस भिडियोमा आफू आर्थिक संकटसँग जुधिरहेको समेत बताएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकीकी आमा मेहरुनिसा सिद्दिकीले केही समयअघि आफ्नी बुहारी जैनबविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । सम्पतिको विषयलाई लिएर जैनबविरुद्ध उजुरी परेको थियो । सोही समयदेखि उक्त विवाद बढ्दै गएको हो । जैनबले आफूलाई घरमा नजरबन्दमा राखेको आरोप समेत सोही उजुरी पनि लगाएकी थिइन् ।

जैनबले आफ्नो पति र परिवारविरुद्ध मुद्दा दर्ता गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनले धेरै पटक मुद्दा दर्ता गराएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४