Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१७ पटक प्रधानमन्त्रीमा हारेका रामचन्द्रलाई नेपाली कांग्रेसले राष्ट्रपति बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 2.2K
    SHARES

काठमाण्डौ । ८ दलले समर्थन गर्ने भएसँगै कसलाई राष्ट्रपति बनाउने भन्ने निर्णय नेपाली कांग्रेसको हातमा पुगेको छ। नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार शनिबार बिहान टुंग्याउने तयारी गरेको छ। शनिबार बिहान कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

तर त्यो बैठकले औपचारिकता मात्रै दिने छ। नेपाली कांग्रेसमा राष्ट्रपतिका लागि रामचन्द्र पौडेललाई अघि सार्ने सहमती भइसकेको छ। कृष्ण सिटौलाले पनि दाबी गरेका छन्। तर सभापतिसहित अधिकांस पदाधिकारीले रामचन्द्रलाई नै राष्ट्रपति बनाउने बताउँदै आएका छन्। यस बारेमा औपचारिक निर्णय भने भोलि हुनेछ।

नेपाली कांग्रेसले राष्ट्रपति पाउँदा पौडेललाई दिने देउवाले पहिल्यै बचन दिइसकेका छन्। यहि आश्वसनका कारण पौडेल पार्टीभित्र पनि पछिल्लो समय देउवाको टिममा खुलेका थिए। उनले पार्टीको निर्वाचनमा तटस्थ रहने बताएका थिए तर पनि संसदीय दलको निर्वाचनमा देउवाको प्रस्तावक नै बसेका थिए। देउवाले उनलाई राष्ट्रपति बनाएर गुण तिर्ने तयारी गरेका हुन्।

उनलाई नेपाली कांग्रेस,नेकपा माओवादी,केन्द्र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। यो सँगै पौडेल राष्ट्रपति बन्ने पक्का जस्तै भएको छ।

प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार समेत बनेका थिए। तर प्रधानमन्त्रीमा भने उनी १७ पटक पराजित भए। १७ पटकसम्म उनले बहुमत पाउन नसक्दा प्रधानमन्त्री बन्ने सपना पूरा भएन।

त्यतिबेला तत्कालिन् नेकपा एमालेका नेता झलनाथ खनालसँग पराजित भएका थिए। तर अहिले उनलाई खनालको पार्टीको समेत समर्थन छ। खनाल भने सांसदमा पराजित भए।

नेपाली कांग्रेसको उपसभापति बनेका पौडेल सभापतिमा ५ वर्षअघि देउवासँगै पराजित भएका थिए। नेपाली कांग्रेसमा अवसर पाउन नसकेका नेताका रुपमा परिचित पौडेल राष्ट्र प्रमुख बन्न लागेका हुन्।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ। निर्वाचन फागुन २५ गते हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४