Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास सिलिन्डरको परीक्षण र अनुगमन गर !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 4.7K
    SHARES

एलपी ग्यासको जोखिमका सम्बन्धमा प्रत्येक परिवार सावधान भए धेरै हदसम्म दुर्घटना टार्न सकिन्छ


प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारी तथा उनकी आमा काठमाडौंमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर घाइते भए । सांसद भण्डारीकी आमाको निधन भयो भने सिकिस्त भण्डारीलाई थप उपचारका लागि भारत पठाइएको छ । दाङमा पनि ग्यासको सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

नेपालमा खाना पकाउन सम्भवतः एलपी ग्यास सबैभन्दा बढी प्रयोग हुन्छ । यसले अधिकांश ग्रामीण क्षेत्रमा दाउरालाई विस्थापित गरिसकेको छ भने सहरी क्षेत्रमा पनि खाना पकाउन यसैको बढी प्रयोग हुन्छ । एलपी ग्यासको प्रयोगले भान्सामा गृहिणीहरूलाई धेरै सजिलो बनाएको छ र केही हदसम्म वनको संरक्षण पनि भएको छ ।

नेपालमा एलपी ग्यासको वितरण सिलिन्डरमा हुन्छ । सिलिन्डरको गुणस्तरको मापदण्ड त छ तर त्यसको नियमित र भरपर्दो अनुगमन भने हुनेगरेको छैन । यही कारणले बर्सेनि एलपी ग्यासका सिलिन्डर पड्केर थुप्रै दुर्घटना भएको समाचार सार्वजनिक हुँदैआएको छ । सानातिना कतिपय दुर्घटना त सार्वजनिक चर्चामा नै आउँदैनन् ।

यसको अर्थ हो एलपी ग्यासका कारण ठूलै क्षति बेहोर्नु परेको छ र यस्तो दुर्घटनामध्ये धेरै टार्न पनि सकिन्छ । सके त ग्यासलाई नै विस्थापित गरे बेस हो । त्यसो गर्न सके दुर्घटनाको जोखिम त कम हुन्थ्यो नै ठूलो मात्रामा परिवर्त्य वैदेशिक मुद्राको पनि बचत हुन्थ्यो । तर, अहिले नै ग्यास विस्थापन गर्न सकिने अवस्था देखिँदैन ।

भान्सामा प्रयोग गर्न सकिने गरी देशभर बिजुलीको आपूर्ति पर्याप्त र भरपर्दो छैन । ग्यासबाट बिजुलीमा जानका लागि खर्च गर्नुपर्ने रकम जुटाउन पनि बहुसङ्ख्यक निम्न र निम्नमध्यम वर्गीय परिवारका लागि सहज देखिँदैन । यसैले, भान्सामा बिजुलीको प्रयोग बढाउने उपायहरू अपनाउनुका साथसाथै ग्यासबाट हुने दुर्घटना रोक्ने प्रयत्न गर्नुको तत्काल विकल्प छैन ।

एलपी ग्यासको जोखिमका सम्बन्धमा प्रत्येक परिवार सावधान भए धेरै हदसम्म दुर्घटना टार्न सकिनेछ । यसका लागि सिलिन्डरमा ग्यास भर्ने कम्पनी, स्थानीय तह र संघीय सरकारको सम्बन्धित निकायले सहकार्य गर्नुपर्छ । साथै, वर्षमा कम्तीमा एकपटक सबै परिवारको चुलो निरीक्षण गरी सुरक्षित भएको सुनिश्चित गर्न अभियानै चलाउनु आवश्यक देखिन्छ ।

सिलिन्डरहरूको अवस्थाको कारखाना स्तरबाट सधैँ नै जाँच गरिनुपर्छ भने नियामक निकायले नियमित र छड्के जाँच तथा अनुगमन गर्ने व्यवस्था हुनुपर्छ । विशेषगरी स्थानीय तहहरू यस प्रकारका अभियानमा अग्रसर हुनु उचित हुनेछ । नियमित अनुगमन र नियमनबाट टार्न सकिने यस्ता जोखिम पनि रोक्ने प्रयास नगर्नु मूर्खताका साथै नैतिक अपराध पनि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४