Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हात्तिको आतंकबाट मृत्यु भएकी अधिकारीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तिको आतंकबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले एक साता यता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तिले आतंक सृजना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति समेत जनाउनुभयो ।

सांसद बर्ताैलाले सो हात्तिले आतंक फैल्याएपछि विद्यार्थीहरु विद्यालय समेत जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४