Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन थापाले सुझाए लघुवित्त समस्या समाधानका ५ उपाय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय सुझाएका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने बताए । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले सुरुमै भने, ‘अति न्युन आए भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भनेको कैयन लघुवित्त संस्थाको कारणले गर्दा गरिबहरु थला पर्न बाध्य भएका छन् ।

अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लािग जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उनले बताए ।

समस्या सँगसँगै समाधानको उपाय पनि उनले सुझाएका छन् र ती सुझाव कार्यान्वयन गर्न राष्ट्र बैंकको ध्यानकर्षण पनि गराएका छन् ।

उनले सुझाएका सुझाव :

१. साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने

२. बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने ।

३. एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने ।

४. सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने

५. वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४