Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि गर्ने रुसी राष्ट्रपतिको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 1.9K
    SHARES

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि सुरू गर्ने घोषणा गर्नुभएको छ ।

रुसी संसदलाई वार्षिक सम्बोधनका क्रममा पुटिनले प्रष्ट शब्दमा भन्नुभयो– ‘अमेरिकाले आणविक परीक्षण गर्छ भने रुस पनि तयार रहनुपर्छ । त्यसो भयो भने शीतयुद्धकालको अन्त्यसँगै प्रतिबन्ध लगाइएको आणविक परीक्षणको होड पुनः सुरू हुने छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणको मौका पारेर भएको सम्बोधनका क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धका लागि पनि पश्चिमा देशहरुलाई दोषारोपण गर्नुभयो । उनीहरु हामीलाई पराजित गर्न र हाम्रो आणविक संयन्त्र पनि कब्जा गर्न चाहन्छन् भन्दै युक्रेनले प्रयोग गरिरहेका ड्रोनहरु नाटो विशेषज्ञहरुको सहयोगमा बनाइएको उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा पुटिनले पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि रुसी अर्थतन्त्र सबल रहेको दाबी पनि गर्नुभयो । पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो रहेको दाबी गर्दै उहाँले सन् २०२२ मा जीडीपी २ दशमलव १ प्रतिशतले मात्रै घटेको बताउनुभयो ।

पश्चिमा विश्लेषकहरूले भने गत वर्ष रुसको अर्थतन्त्र २० देखि २५ प्रतिशतको घटेको दाबी गरेका थिए ।

पुटिनले अमेरिकी डलर र अन्य पश्चिमी देशका मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४